जन आकाश
काठमाडौं ।
एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई अवसर पारेर महिला ग्राहक हरूलाई विशेष योजना सार्वजनिक गरेको छ । त्यस योजना अन्तर्गत वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्नुहुने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा रू. १०,०००÷ सम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । यस बैंकका महिला ग्राहक महानुभावहरूले ःय(द्यबलप एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, त्तच् एबथmभलत लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै उहाँहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने उदेश्यले उक्त योजना ल्याएको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend