जन आकाश
काठमाडाै ।
साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि प्लस टु सम्मका अध्ययनरत बिधार्थीहरु र त्यसै बिधालयका अभिभावकहरुलाइ समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना भाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतनाकार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरब काफ्ले ले कोरोना भाइरस बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्दै जसका लागि सरसफाई मा बिशेष ध्यान दिने,मास्क लगाउने,हातलाई सावुन पानीले धुने,हात नमिलाउनेर्, भिडभाडमा नजाने,नियमीत शारिरीक ब्याम गर्ने,मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला,कागती खाने,प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने,बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए । स्वास्थ्यकर्मी रेखाअधिकारी र रन्जना रिमाल ले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमाआफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सन्जालमा त्रास फैलाउने कामनगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्छी गा.पा.वडा न.४ का बडा अध्यक्ष एवम विधालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजु अधिकारी ले साग्रिला डेभलपमेन्ट बैकको शाखा गल्छी ले बिश्व ब्यापी रुपमा फैलिरहेको यो कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिदै उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे साथै अधिकारीले साग्रिला बैकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर विभीन्न कामहरु र सेवा गरेको कुरा बिदीतै छ, र गल्छी शाखाले मात्रै नभइ देशैभरिको शाखा कार्यालयहरुले समेत सामाजिक उतरदायित्वका कार्य गरेको कुराको उदाहरणीय रहेको छ र यस बैकले नाफालाई केन्द्र नमानी सेवाभावले काम गरेको छ यस बैकको प्रगतिको समेत शुभकामना दिन चाहन्छु भने । र कोरोना भाइरसबाट त्रसित नभई यसबाट बच्ने बिधीहरु अवलम्बन गरौ र गराउ भनि अनुरोध समेत गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend