जन आकाश
मोहन कार्की
काठमार्डौ ।
नेपाल टेलिकममा कार्यरत कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाई घर्नाका कार्यक्रमहरु सार्वजानिक गरेका छन् । शुक्रवार टेलिकमको मुख्य कार्यलय भद्रकालीको हलमा पत्रकार सम्मेलन गरी क्रमश ः कर्मचारीहरुको सुझाव सहितको माग सम्वोधन नभएमा संघर्ष जारी राख्ने संयुक्त संघर्ष समितिका संयोजक यादव पनेरुले प्रेस बिज्ञप्ति पढदै जानकारी गराएका थिए ।
उनिहरुले उठाएका मागहरु भित्री सौदावाजी जे भएपनि बाहिर बिज्ञप्तिको सारमा जायज छन् । नेपाल टेलिकमले तोकेको लक्ष्य प्रप्ति गर्न नसकेको, टेलिकम नेपालको सरकारी स्वामित्वको सवैभन्दा सेवा प्रदायक कम्पनी र कारोबारको हिसाबले पनि त्यतिकै महत्व बोकेको कम्पनी भएको यसले पछिल्लो समय अन्तराष्ट्रिय कम्पनीहरुसँग समेत प्रतिस्पर्धा गदै अगाडी बढीरहनु परेको स्थितिमा
समयानुकुल सेवा विस्तार, गुणस्तर सुधार र व्यावसायिक क्षमता अभिवृद्धि गरी राजश्व अभिवृद्धि र ग्राहक सन्तुष्टिमा उच्चत्तम ध्यान दिनु पर्नेमा स्वायत्त कम्पनीमा विभिन्न वहानामा बाह्य हस्तक्षेप र व्यवस्थापनको आन्तरिक ढिलासुस्तिका कारण यथेष्ट लगानी, पर्याप्त पुर्वाधार, कर्मचारीको इमान्दारीता र लगनशीलता एवं सेवाग्राहीको अपार विश्वासका वावजुद कम्पनीले विगत बर्ष भन्दा ३.१६ प्रतिशतले राजश्व गुमाई खुद नाफा करीव ९.७५ अर्बमा संकुचन भएको छ भने तत्काल राजश्व बृद्धि हुने र आयोजनाहरुवाट लगानी अनूरुप प्रतिफल प्राप्त हुने ठोस कार्ययोजना समेत देखिदैन भन्दै कम्पनीलाई सघर्ष समितिले सचेत गराएको छ ।
२०७६ मा सम्पन्न गरिसक्नुपर्ने फोर जि सेवा पनि हालसम्म ६० प्रतिशत मात्र काम हुनु, बोड ब्याण्ड फिफथ २. १९ लाख जडान गरिसक्नु पर्नेमा हाल ५० हजारमात्र जडान गर्नु, आईपि टिभी हालसम्म हुन नसकेको, मोबाइलको मनी को ब्यवसायीक शुरुवात गर्न नसकेको, इनटरनेशनल ब्यानविथ तथा लेजलाइन पारदर्शी नबनाई नीति सेवा प्रदायकलाई पोस्ने माध्यम बनाएको, आरटिडिएफ कछुवा गतिमा रहेको, लगायत पूर्वाधारहरुमा गूणस्तर नभएको, ठूलो लगानीबाट निर्मित दूरसञ्चार पूर्वाधारहरुको उच्चतम उपयोग हुन नसकी करोडौ आम्दानी गुमी रहेको जस्ता विषयहरुमा कम्पनी व्यवस्थापन गम्भिर बन्न नसकोको जस्ता बिषयलाई पनि उल्लेख गरेको छ ।
२०६१ सालमा एक नीजि सेवा प्रदायका कम्पनीले अनुमति लिने क्रममा २० अरब नवीकरण दस्तुर भुक्तानी गर्ने गरी अनुमति लिएको त्यही नजिरलाई आधार बनाएर हचुवाको भरमा टेलिकमलाई पनि यसले असर गरेको हुदा मापदण्ड बनाएर मात्र गर्ने भनि बिभिन्न निकायमा त्यो काम भएको तर समय लम्बाएर अडकाएको हुनाले त्यो छिटो टुङग्याउन पनि भनेको छ ।
बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धामा रहेको यस संस्थाका कर्मचारीहरुलाई उत्प्रेरित र प्रोत्साहित गरिनु पर्नेमा एकातिर लोक सेवा आयोगका नाममा कर्मचारी विनियमावलीमा भएका सेवा शर्त एवं सुविधाहरु कटौति गर्न खाजिएको छ भने अर्र्काेतिर विगत २ बर्ष देखी विज्ञापन हुन नसकी वृत्ति विकास रोकेर राखी कम्पनीको महत्वपूर्ण जिम्मेवारीहरु निमित्तका भरमा चलिरहेको अवस्था छ । सेवाग्राहीको आवश्यकता र माग बमोजिम सेवाहरुको मूल्य, गुणस्तर र उपलब्धतालाई ध्यानमा राखी सेवामा Valuae Added Service x?, Internet of Things -IoT_, Video On Demand, Machine to Machine -M2M_ अन्तरगतका व्यावसायिक क्षेत्रहरु पहिचान गरी राजश्व बढने गरी कम्पनीलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन लाग्नु पर्ने देखिन्छ भनि सुझाव दिदै लेखिएको छ ।
टे«ड युनियनहरुसँग बिगतमा गरेका सहमति वीना कम्पनी स्वेच्छाचारी रुपमा अगाडी बढेको पटक पटक कर्मचारीले कम्पनीलाई ध्यानकर्षण गरेका बिषयमा कम्पनीले उदासिनता देखाएको भन्दै यि माथि उल्लेखित बिषयहरु संवादवाट सावधान नगरेमा धर्नाको कार्यक्रम गर्ने बताइएको छ ।
धर्नाका कार्यक्रमहरु यस प्रकार रहेका छन् ।
मिति २०७७ साउन ०४ गते बिहान १०ः०० देखि १ः०० बजे सम्म ।
मिति २०७७ साउन ०५ गते बिहान १०ः०० देखि २ः०० बजे सम्म ।
मिति २०७७ साउन ०६ गते बिहान १०ः०० देखि ३ः०० बजे सम्म ।
मिति २०७७ साउन ०७ गते बिहान १०ः०० देखि ४ः०० बजे सम्म ।
मिति २०७७ साउन ०८ र ०९ गते बिहान १०ः०० देखि ५ः०० बजे सम्म ।
संवादवाट सावधान निस्कर्ष निस्केमा यी कार्यक्रमहरु फिर्ता लिन सकिने पनि संघर्ष समितिका अध्यक्षले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend