logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नोकिया २.४ एआई—पार्वड क्यामेराको साथ सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज १८ २०७७

काठमाडौं । नोकिया नेपालको लागि अपरिचित ब्राण्ड होईन । तर अहिले भरखरै बजारमा नयाँ मोडलको मोवाईल नेपाली बजारमा सार्वजानिक गरेको छ ।



काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ । ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न सकिने यसका लागि दुई दिनसम्म टिक्ने ब्याट्री लाइफलाई आभार, जहाँ प्रयोगकर्ताले आफ्नो लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतान्त्र रुपले मज्जा लिन सक्ने । आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथ सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिने छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँने जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend