logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेकिमको फेस्टिबल अफर सार्वजानिक


  • जन आकाश
  • बिहिबार, असोज २९ २०७७

मोहन कार्की
काठमाडौं ।
फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि टेकिमले अतिरिक्त मिनेट बोनसका उपलब्ध गराउने भएको छ । रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ । रिचार्जकार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने गरी टेलिकमले अफर ल्याएको जानकारी दिएको छ ।



यसैगरी, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

नेपालमाको पहिलो दुरसञ्चारको रुपमा स्थापना भएको टेलिकमले दुरदराजका ग्रहकलाई समेत सेवा दिदै आएको छ । तर सरकारी स्वामित्वको कम्पनी भएको हुदा कतिपय कर्मचारीको लापरवाहीले ग्रहकहरुमा असन्तुष्टिहरु उत्पन्न हुने गरेको पनि छ । प्रतिस्पर्धात्मक युगमा नेपाल टेलिकममा बिधृत प्रधिकरणमा सुधार गर्न सक्ने योग्य कुलमान आए जस्तै दुर सञ्चार बुझेको दक्ष नेतृत्व आउन जरुरी छ । नभए स्रोत साधन सवै हुदा हुदै पनि निहित स्वर्थ राखेर त्यस कार्यलयका कर्मचरीहरुले गर्ने गरेको ढिलासुस्ती ग्रहक प्रतिके ब्यवहार मर्मत सम्भार ठाउ सारी, जस्ता समस्या चाडोभन्दा चाडो हल गरेर गुणस्तरीय सेवा दिन पछि पर्नु हुदैन । त्यसो गरियो भने निजी टेलिकमहरुसँग प्रतिस्पर्धा गर्न सकिन्छ । देशको रकम देशमा नै रहन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend