logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

न्यादीको उत्पादन ५ महिना पछाडि धकेलियो

लोडसेडिङमा राखेर जनतालााई अध्यारोमा राख्ने खेल


  • जन आकाश
  • आइतबार, मंसिर ७ २०७७

लमजुङ । लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन मिति पाँच महिनापछाडि सरेको छ । मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन आयोजनाको ९५ प्रतिशत काम सकिए पनि कोरोना महामारीका कारण देखाएर पछाडी धकेलिएको छ ।आयोजनामा जडान हुने हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आयात हुन बाँकी रहेकाले विद्युत् उत्पादन मिति पछाडि सरेको जनाईएको छ ।



आयोजनाको बाँधको गेटमा जडान हुने उपकरण आउन बाँकी रहेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार विद्युत्गृह र स्विचयार्डमा जडान हुने केही उपकरण पनि आयात हुन बाँकी छ । आयोजनाको बाँध र विद्युत्गृहको ९५ प्रतिशत काम सकिएको छ । सुरुङको काम यसअघि नै पूरा भइसकेको छ । सुरुङमा ढलान भइसकेको अमात्यले जानकारी दिए । तर कोभिडको समयमा पनि सरकारले जलबिधुत निर्माणको सामान आयात गर्न सवै खालका छुट दिदै आएको छ । नेपालका निर्माणहरु केही न केही बहानामा पछडी धकेल्दै नेपालको बिकासलाई रोक्ने योजना बनेका छन् झनै जलबिधुत भनेको नेपालको बिकासको सम्भावना बोकेको क्षेत्र हो । यि क्षेत्रहरुमा पनि बिदेशी कम्पनीलाई निर्माणको ठेक्का दिएको भएपनि ढिलो र्नै हुने गरेका छन् । यसरी तोकोको समयमा निर्माण कार्य सम्पन्न नहुदा देशको औषत बिकासमा ह्रास आउछ र बिश्वको सुचाङकमा नेपालको भ्यालु कम हुने गर्छ यो निक्कै गम्भिर बिषय हो ।

उक्त आयोजनाको विद्युत् प्रवाह हुुने ९ किलोमिटर प्रसारण लाइनको १५ वटा टावरको उपकरण आयात भइसकेको आयोजनाले जनाएको छ । प्रसारण लाइनका ५ वटा टावर खडा गरिएको छ । १० वटाको पनि जग खन्न सुरु गरिएको छ । आयोजनाको विद्युत् २ सय २० केभी मस्र्याङ्दी करिडोरको खुदी सबस्टेसनमा लगेर जोड्ने तय भए पनि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरी नसकेकाले वैकल्पिक रूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युत्गृहभन्दा केही तल १ सय ३२ केभी भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी ९ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने भएको छ ।

आयोजनाको निर्माण ०७३ चैतबाट सुरु भएको हो । ३० मेगावाटको यो आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको वहाबमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म र सम्झौता अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ । साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुरुको क्षमता २.८ मेगावाट थियो । पछि यसलाई २० मेगावाट हुँदै ३० पु‍र्‍याइएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend