logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माथिल्लो खिम्तीबाट १९ मेगावाट विद्युत् छिट्टै राष्ट्रिय प्रशारण लाईनमा जडान हुने


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

 



रामेछाप । माथिल्लो खिम्तीबाट १९ मेगावाट विद्युत् छिट्टै राष्ट्रिय प्रशारण लाईनमा जडान हुने भएको छ ।
दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट माथिल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् ।

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनाका मेकानिकल इञ्जिनियर अमित सिंहले बताए ।

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

यस कम्पनीले दुई वर्षअघि नै रु २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युत्गृह निर्माण गरिएका छन् ।

आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । आयोजनको काम समयमा नहुँदा लागत अनुमान बढेको बताइएको छ । तर लागत तोकेको भन्दा सस्तोमा आयोजना बन्नुपर्ने हो । लागत बढेकोमा स्थानीयले आचार्य ब्याक्त गरेका छन् । किनकी माथिल्लो खिम्ति आयोजनामा सुरुङ बिना नै बनेको आयोजना हो । र त्याहा भुगोल सजिलो भएको र सवैभन्दा सस्तोमा बन्ने आयोजना मध्य माथिल्लो खिम्ति पनि एक हो ।

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएतापनि प्रसारण लाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ । आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ ।

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनियर सिंहले बताए ।

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनले बताए । आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend