जन आकाश
काठमाडौँ । कालीदेवी मिडियाले साथीभाई नामक युटुव च्यानल हिजो आफ्नै कार्यलय कार्यकक्षमा बिभिन्न ब्यक्तित्वाहरुलाई बोलाई उदघाटन गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका सारा मल्टिमिडिया प्रा. लि. का अध्यक्ष मिलन लामा दोङले कालीदेवी मिडिया हाउसबाट संचालित साथीभाई टि.भी.युटुव च्यानलको उद्घाटन गरेका थिए ।
कालीदेवि मिडिया हाउसले हालसम्म तामाङ चलचित्र, नेपाली चलचित्र र टेलिशृङखलाहरु निर्माण गर्दै आइरहेका छ। अहिलेको इन्टरनेटको माध्यमबाट बजारमा देखिएको प्रतिस्पर्धालाई सामना गर्न साथीभाई टि.भि. युटुव च्यानल संचालनमा ल्याएको हो कार्यक्रमकी सभापति संचमाया तामाङले बताएकी थिईन्।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको संघीय सदस्य बिकास ब्लोन, नेपाल तामाङ चलचत्रिसंघको उपाध्यक्ष दिपक लामा, यसैगरी नेपाल तामाङ चलचित्र संघकै उपाध्यक्ष भुईषाल तामाङ, तामाङ चलचत्रि क्षेत्रका नायक तथा निर्देशक विनायक लोप्चन विशेष अतिथिको रुपमा रहेका थिए भने गायिका प्रमिला राई, खलनायक ध्रुवसिं तामङ, जन आकाश टिभीका प्रतिनिधि, न्युज अभियानका पत्रकार समिर नेपाल लगाएतका विशेष व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए ।
साथीभाई टिभीका संचालक सन्चकुमारी तामाङले एक तिरमा दुई सिकार गरेको गर्ने गरी चलाखीपुर्ण कयृक्रम गरेको देखिन्छ । भने टि.भी. उद्घाटन, कालीदेवी मिडिया हाउसको स्थापना दिवस र उहाँको छोराको जन्मदिनको अवसरलाई एकै साथ मनाएको हुनाले पनि एक तिर दुई सिकारको रुपमा लिएको हो ।
नेपाल तामाङ चलचित्र संघको अध्यक्ष भुईसाल तामाङ र अर्का उपाध्यक्ष दिपक तामाङले सफलताको शुभकामना दिनुभएको थियो ।
जनता समाजवादी नेपालको संघीय सदस्य विकास ब्लोनले राज्यले अहिले जनताको अधिकार माथि दमन गरिरहेको जिकिर गरेका छन् । भ्रष्ट्राचार, बलत्कार जस्ता जगन्य अपराधहरुलाई नेकपा सरकारले बचाउन खोजेको उहाँको आरोप छ । उहाँले नेकपा सरकारले गरेको नराम्रा कार्यहरुको विरुद्घमा पत्रकारको कलम चल्न अति आवश्यकता रहेको बताएका थिए ।
सारा खबरको पत्रकार तथा कार्यक्रमको प्रमुख अतिथि मिलन लामा दोङले हजारौ अनलाइनको बीचमा नयाँ साथीभाई टि.भी. युटुव च्यानलको पनि सुरुवात भएकोमा थप बजारका विकास भएको र सफलताको शुभकामना दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend