जन आकाश
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट नव निर्वाचित अध्यक्ष सहितका पदाधिकारीहरुलाई सम्मान गरेको छ । सम्मान तथा बधाई कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याहरु बारे जानकारी गराएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको विगतको नेतृत्वले निर्माण व्यवसायीका समस्याहरु समाधान गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष सिंहले अब त्यस्तो परिस्थिति नदोहोरिने विश्वास व्यक्त ब्याक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend