जन आकाश
काठमाण्डौं । विभिन्न वित्तीय प्रविधिमा आधारित नवीनतम प्रयोगहरू भित्र्याउदै डिजिटल बैंकिङ्ग कारोबारलाई उच्च प्रथामिकता दिँदै आएको यस एन आई सी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि बैंकले, फष्ट पे टेक्नोलोजी प्रा. लि. र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरी उक्त सेवाको औपचचरिता पुरा गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend