logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल बैंकको दोलखामा एक्सटेन्सन काउन्टर सञ्चालनमा


  • जन आकाश
  • शनिबार, माघ १० २०७७

दोलखा । दोलखाको चरिकोटमा नेपाल बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले चरिकोटमा ३९औँ एक्सटेन्सन काउन्टर खोलेर सेवा दिन सुरु गरेको हो ।



एक्सटेन्सन काउन्टरको उद्घाटन दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीले गरेको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टरबाट राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालयलगायतमा आउने सेवाग्राहीले अझ छिटो–छरितो सेवा पाउने सिवाकोटीले उद्घाटनपछि बताएका थिए ।

बैंकले दिँदै आएको सेवा–सुविधामा अझै समसामयिक सुधार गर्न प्रजिअ सिवाकोटीले सुझाब दिएको बैंकले जनाएको छ । बैंकले देशभरमा २ सय ४ शाखा, ३९ एक्सटेन्सन काउन्टर, १ सय ४२ एटिएम तथा अन्य विभिन्न माध्यमबाट सेवा दिइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend