जन आकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्ग मार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । उक्त सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने गरी काम भईरहेको बैकले जानकारी दिएको छ ।
डिजिटल बैकिङ्गलाई प्राथमिकताकासाथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधा युक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उक्त क्युआर कोर्ड सञ्चालन गर्ने क्रममा बताएका हुन् ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको बैकले जनाउदे आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend