जन आकाश
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने “Corporate Pay” प्रणालीको सुरुवात गरेको छ ।
उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेर औपचारिता दिएका हुन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जानकारी गराउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend