logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ज्योति विकास बैंकको १३औं वार्षिकउत्सव सम्पन्न


  • जन आकाश
  • बुधबार, माघ १४ २०७७

 



काठमाडांै । ज्योति बिकास बैकको १३ औं । बार्षिक उत्सव सम्पन्न भएको छ । यहि १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा  साधरणसभा सम्पन्न भएको हो कोरोना भाइरस (कोभिड)(१९ महामारीको जोखिमलाई  ध्यनमा राखेर ग्रहक र सर्वसाधरणलाई अनलाईन (भर्चुअल) मार्फत सहभागिता गराई साधरणसभा गरिएको थियो ।

उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६ र ७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको शेयरधनीहरुलाई हाल कायम भएको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश शेयर पारित गरे पश्चात चुक्ता पूँजी रू.३अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको बैकले जानकारी दिएको छ ।

साथै, साधारणसभाले ज्योति विकास बैंक लि. संस्थापक सेयर धनी समुहको तर्फबाट हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयर धनी समुहको तर्फबाट नरेसराज आचार्य, ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको बैकले जानकारी दिएको छ ।

बैंकको वार्षिक साधारणसभाले आर्थि कवर्ष २०७६ र ७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू छलफलगरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको पनि जानकारी दिएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको बैकले उल्लेख गदै आएको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब रु.४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु.३७ अर्ब लगानी गर्न सफल भएको उक्त साधरणसभामा जानकारी दिएको बैकले पठाएको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend