जन आकाश
काठमाडौं । बीमा समितिबाट २०७७–०८–१५ गते जारी कृषितथा पशुपन्छी बीमानिर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७ माघ ११ देखि १४ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुकव्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।
उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता अनुसार कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने बिश्वास कम्पनीले गरेको जनाएको छ । तालिममा देश भरका ८० जना व्यक्तिहरुको सहभागिता रहेको थियो । बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा तलिम सम्पन्न गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend