logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तिलोत्तमा चेम्बर अफ कमर्सको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न


  • जन आकाश
  • आइतबार, माघ १८ २०७७

रुपन्देही । तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । उक्त साधारणसभा तथा अधिवेशन अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।



कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले कोभिडका कारण राजश्वमा कमि आएको भए पनि सरकार उद्योगी ब्यावसायीको समस्या प्रति गम्भीर भएको र आर्थिक प्याकेजहरु ल्याएर प्रोत्साहनको प्रयास गरिरहेको बताए । मुलुकको विकासका लागि सरकार र निजि क्षेत्र एक सिक्काका दुईपाटा जस्तै भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सरकार लगानीको वातावरण सिर्जना गर्ने प्रयासमा लागेको जनाउदै ब्यावसायीहरुलाई हतोत्साहित नहुन आग्रह गरे ।

सो अवसरमा विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अन्तर्राष्ट्रिय विमानस्थल छिटो तयार भए विश्वका त्रिपन्न करोड बुद्घ अनुयायीहरुको लुम्बिनी भ्रमणको बाटो खुल्ने, बुद्घ जन्मेको हुर्केको माटोका मुर्ति भाडाकुडा बनाएर अन्तर्राष्ट्रिय बजारमा पठाई हस्तकलालाई जगेर्ना गर्न सकिने, कृषिको प्रचुर शम्भावना रहेको यस क्षेत्रमा कालीगण्डकी तिनाउ डाईभर्सन छिटो निर्माण हुन सके उत्पादनमा बृद्घि हुने, आयातलाई नियन्त्रण गर्न कृषिमा ब्यावसायीककरणको आवश्यकता रहेको , ठुला मझौला तथा साना ब्यवसायमा महिला सहभागिता बढाउनु पर्ने, विचौलियाहरु हावी भएकाले करको दायरामा ल्याउनु पर्ने, ईपेमेण्ट प्रकृयालाई सुरक्षित बनाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष मल्लले चेम्बर प्रादेशिक संरचना अन्तर्गत स्थानिय निकायसम्म पुगेको र यसले सरकार र निजि क्षेत्रको सेतुको काम गर्ने बताए ।

तिलोत्तमा चेम्बरका अध्यक्ष जेपी कडेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन,बन तथा बातावरण मन्त्री लिला गिरी, आमन्त्रित अतिथी मध्य आन्तरीक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिप्रसाद आचार्य, तिलोत्तमा उवासंघका अध्यक्ष गुणनिधी भण्डारी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले शुभकामना मन्तब्य दिएका थिएन  । साधारण सभाले बाबुलाल भुषालको अध्यक्षतामा सत्र सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend