logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनस


  • जन आकाश
  • सोमबार, माघ १९ २०७७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा रु १०० बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन् ।



ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्नेछन् । यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताहरुले मात्र सहभागी हुन सक्ने बैकले जानकारी गराएको छ ।

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्नेछन् । साथै, बैंकका ग्राहक हरुले वस्तु तथा सेवा खरिद पश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्ने बैकले बालेटसँग गरेको सम्झौतामा उल्लेख गरेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend