logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी लाइफको पोखरामा अर्धवार्षिक समिक्षा सम्मेलन


  • जन आकाश
  • सोमबार, माघ १९ २०७७

 



कास्की । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आव २०७७ र ७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले पोखरामा माघ १५ र १६ गते सम्मलेन आयोजना गरेको हो ।

सम्मेलनको मुख्य उद्देश्य शाखार उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएको छ। सम्मेलनमा देशै भरिका शाखा रउपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागिय प्रमुख समेतको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो। पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागिय प्रमुख र क्षेत्रिय,उपक्षेत्रिय प्रमुखको समिक्षा बैठक भएको र सो बैठकमा अर्धवार्षिक व्यवसायको समिक्षा र आगामी रणनीति बारेमा विस्तृत छलफल भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए ।

माघ १६ गते विभागिय प्रमुख, क्षेत्रिय, उपक्षेत्रिय प्रमुख र शाखार उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमा व्यवसायको कमी कमजोरी र शाखा र उपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिका बारेमा तालिम प्रदान गरेको कम्पनीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend