logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात


  • जन आकाश
  • बुधबार, माघ २१ २०७७

 



काठमाडौ । कामना सेवाविकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको बैकले जनाएको छ । ल्भबच Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट POS मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधि मार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने बैकले जानकारी दिएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend