logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एनसीसी बैंकको २५ लाख कित्ता शेयर लिलाममा बिक्री


  • जन आकाश
  • आइतबार, माघ २५ २०७७

 



 

काठमाडौं । एनसीसी बैंक  Nepal Credit & Commerce Bank Limited ले २५ लाख कित्ता संस्थापाक शेयर लिलाममा ल्याएको छ । बैंकले हालका स्नास्थापक शेयरधनी र अन्य जो कोहि व्यक्ति, फर्म, कम्पनी तथा संगठित सन्ताले आवेदन दिन सक्ने गरि ति शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

लिलामीको शेयरमा फागुन २ गतेदेखि फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । बैंकल ति शेयरको न्युनतम मूल्य प्रति कित्ता १४० तोकेकोले सो वा सो भन्दा बढी रकम कबुल गरेर शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम पुरै २५ लाख कित्ताको लागि आवेदन दिन सकिने बैकले जारी गरेको सुचनामा उल्लेख छ ।

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ।

शेयर लिलामको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको सुचना प्रकाशित गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend