logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राष्ट्र बैंकले माग्यो विकास बैंकहरुले गरेका शेयर लगानीको विवरण


  • जन आकाश
  • आइतबार, माघ २५ २०७७

 



काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुसँग शेयर लगानीको विवरण माग गरेको छ । राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागले सबै विकास बैंकहरुसँग विकास बैंकहरुले पीएमएस मार्फत गरेको शेयर लगानीको विवरण माग गरेको हो ।

राष्ट्र बैंकले कुन विकास बैंकले कुन कुन कम्पनीको शेयरमा कति लगानी गरेका छन् भन्ने विवरण माग गरेको हो । विकास बैंकहरुले राष्ट्र बैंकले मागे अनुसार कै विवरण राष्ट्र बैंकमा पठाईसकेको बताएका छन् । एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीसँग भने ु राष्ट्र बैंकले पीएमएस मार्फत गरिएका शेयर लगानीको विवरण माग गरेको थियो, ति विवरण हामीले पठाई सकेका छौु । उनका अनुसार राष्ट्र बैंकले लघुवित्त क्षेत्रको मात्र नभई लगानी गर्न मिल्ने सबै क्षेत्रमा गरिएको शेयर लगानीको विवरण माग गरेको हो ।

राष्ट्र बैंकका विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशन ऋषिकेश भट्टले ति विवरण माग गरिएको पुष्टि गरेका छन् । उनले विकास बैंकहरुको शेयर लगानीको अवस्था बुझ्नको लागि मात्र विवरण माग गरिएको बताए । उनले भने यो कारवाही गर्ने वा लगानी गर्न बन्देज गर्ने विषय सँग सम्बन्धित विषय होइन, हामीले स्थिति बुझ्नको लागि मात्र विवरण माग गरेका हौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend