जन आकाश
काठमाडौं । बंैक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि भ्ःक्ष् सुबिधा ल्याएको छ । भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि भ्ःक्ष् सुबिधा ल्याएको छ । भ्ःक्ष् सुबिधामा ग्राहक महानुभावहरुले रु. ४० हजार देखी रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।
त्यो योजनामा गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने जानकारी बैकले गराएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकको रुपमा रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend