जन आकाश
काठमाडांै । महालक्ष्मी विकास बैंक लि. कोे २०७७ माघ २९ गते बसेको सञ्चालक समितिको छलफलले ४७५औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललार्इ बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतवाट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्त गरेको छ ।
बैकले जारी गरेको बिज्ञीपतमा उक्त कुरा उल्लेख छ । बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ । केन्दि«य बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्दि«त हुने लम्सालले नियुक्ति पछि सम्बोधनकको क्रममा बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend