जन आकाश
काठमाडौ । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको ९एबचतलभचकजष्उ ायच एचयकउभचष्तथ० कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला,खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आनो उधम व्यवसायलाई पून ः सुचारु गर्द ैजिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ भनि उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend