जन आकाश
काठमाडौं । कुमारी क्यापिटललि.द्वारा व्यवस्थापन तथा कुमारी बैंक लि.द्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको रु १० अकिंत दरको ८,००,००,००० (आठ करोड) इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६,८०,००,००० (छ करोड असीलाख) इकाई मिति २०७७ फाल्गुन १४ गते शुक्रबारदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिने कुमारी क्यापिटलले जानकारी दिएको छ ।
त्यो योजनाको ब्यवस्थापनगर्ने ब्यवस्थापन गर्ने जिम्मा कुमारी क्यापिटललि.ले इक्रा नेपाल बाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्य प्रसाद कोइराला, भरतराज पोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा उक्त योजना लागु भएको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend