जन आकाश
काठमाडौं । महालक्ष्मीविकास बैंक लि. ले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको छ त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुपरु.५,००,०००(रु.पाँचलाख) सहयोग प्रदान गरेको छ ।
२०७७÷११÷०६ गतेबिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यव्रmममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँचलाखको चेक हस्तान्तरण गरेकी थिईन । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिईन ।
देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तर दायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाउदै खकुरेलले सारथीको उज्वज भविष्यको कामना समेत गरेकी थिईन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend