जन आकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५%ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८०% सम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।
हालगरिमाविकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend