जन आकाश
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘Ask Mukti Bhai नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालन माल्याएको छ ।
ग्राहकहरुल त्यस भर्चुअल सहयाता (Virtual Assistant) सेवा मार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence ) आधारित यो च्याटवट (Chatbot) सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ ।
यस सेवाको लागि बैंकको वेबसाइट (www.muktinathbank.com.np) मागएर दायाँतर्फ ब्कप Ask Mukti Bhai वा बैंकको मासकट ‘मुक्तिभाई ’किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्तगर्न सकिने बैकले जानकारी दिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतकोजुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend