logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैक अफ काठमाण्डुले अप्पर खुदीको पायो सह बित्तिय अधिकार


  • जन आकाश
  • सोमबार, फाल्गुन १० २०७७

 



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रा. लि. बिच अप्पर खुदी जलविद्युत आयोजनामा सह वित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ। इहि १० गते हस्ताक्षर गरी उक्त सम्झौता भएको हो ।

२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत प्रा. लि. ले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सह वित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आई.एम.ई. बैंक लि., सिभिल बैंक लि., मेगा बैंक नेपाल लि. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. रहेका छन् ।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७०% बैंकहरुको सह वित्तियकरण कर्जा र बाँकी ३०% उक्त कम्पनीको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसन सम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस सह वित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समय सिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले दावी गदै आएको छ । साथै उर्जा क्षेत्रमा बैंक अफ काठमाण्डू लिमिटेडको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको बैकले जानकारी दिदै आएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend