जन आकाश
काठमाडौ । ज्योति विकास बैंकले सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडानं.५ पस्थित रहेको सामरी, नुवाकोटलाई एक (एकथान बेबी वार्मर प्रदान गरेको छ।सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा म्यागङ गाउँपालिका वडानं.५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको बैकले जानकारी दिएको छ ।नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।
बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल ( कपिलवस्तु, मध्य बिन्दु जिल्ला अस्पताल ( नवलपुर, महाकाली अञ्चल अस्पताल (कञ्चनपुर, प्युठान जिल्ला अस्पताल (प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र (महोत्तरी, आम्दा अस्पताल(झापा, जिल्ला अस्पताल (खोटाङ्ग र सामरी स्वास्थ्य चौकी (सामरी लाई (एकथान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा ८ वटा बेबी वार्मर प्रदान गरि सकेको बैकले आज पठाएका बिज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend