logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारी बैंकको पहलमा माथिल्लो राहुघाट जलविद्युत बन्ने


  • जन आकाश
  • बुधबार, फाल्गुन १२ २०७७

काठमाडौ ।   कुमारी बैंक लिमिटेडको अगुवाईमा सह वित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरेको छ । उक्त सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक लिमिटेड बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् ।



त्यस परियोजनाको कूल लागत खर्च रु ८ अर्व ३० करोड मध्ये सह वित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदÞी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहने कुमारी बैकले आज जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

आफ्ना देशव्यापी १९२ शाखा संजाल, १६२ एटिएम, २२ शाखारहित बैंकिंग ईकाई तथा १३ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक बैंकिंङ्ग सेवासुविधाहरु दिंदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको र उक्त कार्य निरन्तर रुपमा अघि बड्दै जाने बैंकले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend