जन आकाश
काभ्रे । काभ्रेको धुलिखेलमा आन्तरिक मामिला तथा न्याय मन्त्रालय सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको पाच दिनेअनलाइन पत्रकारिता तालिम आज सम्पन्न भएको छ।
प्रक्षार्थिहरुले सिकेको सीप अरुलाइ पनि सिकाउने बिश्वास :रजिस्ट्रार
त्यस कार्यक्रमको सभापति समेत रहेका बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले समापन गर्ने क्रममा बोल्दै नेपालको करीव ७० प्रतिशत सञ्चार माध्यम र ५० प्रतिशत पत्रकार बागमती प्रदेशमा क्रियाशिल छन् ।
अनलाइन पत्रकारितामा ठूलो जनशक्तिको सीप,ज्ञान र लगानी पनि छ । ती अनलाइनमा आफूले गरेको कामको आत्मसमीक्षा गर्न सक्ने गरी व्यवहारिक हिसावले सिकाउन समल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम खासै सञ्चालन भएका थिएनन् ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले पाँच दिने तालिम काभ्रेको धुलिखेलमा सञ्चालन गरी अनलाइन पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई यसमा थप ज्ञान,सीप र लगानीको आवश्यकताबोध गराएको छ ।
तालिम अवधिमा सिकेका ज्ञान र सीपलाई सहभागीहरुले आगामी दिनमा आफनो सञ्चार माध्यममा प्रतिबिम्बित गराउनेछन् र अरुलाई पनि सिकाउनेछन् भन्ने अपेक्षा लिएको बताएका थिए ।
पाँच दिने तालिम अवधिभर दत्तचित्त भएर सिकाईमा आफूलाई व्यस्त राख्ने पत्रकार र साँझ बिहान तयारी गरेर सिकाउने प्रशिक्षक र सञ्चार रजिष्ट्रार कार्यालयका कर्मचारीहरु सबैलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी तालिम उदघाटन र समापनमा प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुने माननीय उपसभामुख राधिका तामाङ प्रति हार्दिक आभार व्यक्त गर्दछु भनी आभार व्यक्त गरेका थिए।
उप सभामुखको तालीममा सहभागीलाई शुभकामना
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश उपसभामुखले गरेकी थिइन् । उनले तालिममा सहभागी सबै पत्रकारलाई शुभकामना दिएकी थिइन।
समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुको अनुभव पनि लिएको थियो।
प्रक्षार्थिहरुले तालिम अत्यन्तै उपयोगी भएको बताएका थिए।
तालीम दुलिखेलको माउन्ट पृन्सेस होटलमा भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend