logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा नै ५३ प्रतिशत बिक्री


  • जन आकाश
  • सोमबार, फाल्गुन १७ २०७७

 



काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकार्इ खरिदको लागि कुल इकाईको ५३ प्रतिशत दोस्रो दिन नै बिक्री भएको कुमारी क्यापितलले जानकारी दिएको छ ।

क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका हुन् ।

क्यापिटलले माघ १४ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्री माल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend