logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

सर्वोच्चको निर्णय सगै राजनीतिक पार्टीहरु रणभुल्लमा


  • जन आकाश
  • मंगलबार, फाल्गुन २५ २०७७

 



 

काठमाडौं । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेल समुहलाई आधिकारिता दिएपछि राजनीतिक पार्टीहरु रणभुल्लामा परेका छनु् । आज निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ ।

साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो ।

मंगलबार बसेको आयोगको बैठकले किरातीको पार्टीको नाम र चुनाव चिह्न पनि नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न आग्रह गरेको छ । तिवारीलाई भने आयोगले पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेको छ ।

एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती दुबै नाम खाली भएका थिए । खाली भएको नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गर्दा गोपाल किरातीले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो ।

सन्ध्या तिवारीले भने पार्टीको चुनाव चिह्नमा डाँडामाथिको सूर्य राखेकी थिइन् ।

अहिले सरकारपक्षको विवाद सतहमा आएपछि अप्ठ्यारो खेप्दै आएको निर्वाचन आयोगलाई यतिवेला सजिलो भएको छ । बढी दवाव खेपिरहेको वेला सर्वोच्चले गरेको निर्णय पछि कतिको संसद पद गुम्दैछ । कोही मन्त्रीवाट बिदा हुदैछन् । कोही एमालेवाट जितेका प्रचण्ड तिर लागेका बाध्य भएर एमाले फर्कनु पर्ने भएको छ । एकीकृत माओवादी छोडेर केपी समुहमा लागेका बाध्य भएर एमाओवादीमा फर्कन बाध्य भएका छन् । राजनीतिको रणभुल्लमा यतिवेला सत्तापक्ष मात्र नभएर नेपालको कम्युनिष्ट धारीहरु सवैमा खैलाबैला नै मच्चिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend