जन आकाश
काठमाडौ । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा QR भुक्तानी सेवा उपलब्ध गराएको छ ।
बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरी उक्त कार्य सञ्चालन गरेका हुन् ।
बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको त्तच् कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्कृनमै QR कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नेछन् । फोन पेमा आबद्ध बैंकका ग्राहकहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट QR भुक्तानी सेवा प्रयोग गर्न सक्ने बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend