जन आकाश
काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकबर्गहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाता को शुरुवात गरेको छ । यो बिशेष गरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि प्रदान गरिएको सुविधा भएको बैकले प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख छ ।
खाता खोल्ने ग्राहकहरुलाईृ बार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाईल बैंकिङ्ग तथा VISA Debit कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क उपलब्ध हुने छ । त्यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने
सांग्रिला डेभलपमेन्ट बैंका लिमिटेडका प्रमुख संचालन अधिकृत अपुर्व जोशीले हस्तक्षर गरेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend