जन आकाश
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड प्रदान गरेको छ ।
बंैक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी उक्त चेक हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो ।
र्बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको बैकले जानकारी दिएको
छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend