logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

महालक्ष्मी साहित्यिक पुरस्कार २०७७ द्वारा डा.नबराज लम्साल सम्मानित


  • जन आकाश
  • सोमबार, चैत्र २ २०७७

काठमाडौ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमाप्रदानगर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारामिति २०७७ फाल्गुन २९ गतेडा. नबराज लम्साललाई सम्मानित गरेको छ ।



बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले रु.५१,०००.०० (रु. एकाउन्न हजार ) राशीको उक्त पुरस्कार बापतको चेक साथै सम्मान पत्र डा.लम्साललाई हस्तान्तरण गरेका हुन् । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उहाँलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend