logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

नेपालका कम्युनिस्ट पार्टीहरूको विवाद देशको पक्षमा हो कि…….


  • जन आकाश
  • मंगलबार, चैत्र ३ २०७७

 



काठमाडौँ । यति वेला नेपालको राजनीतिक रूपमा देखिएको विवादले राष्ट्रिय –अन्तर्राष्ट्रिय चासो बढाएको छ । नेपालमा सत्तापक्षको विवाद सतहमा आएपछि प्रत्यक्ष÷अप्रत्यक्ष विदेशी संलग्नता देखिन थालेको छ । नेपालका दुई छिमेकी मुलुक भारत र चीनले त आ–अफ्नो अनुकूल कूटनैतिक प¥यास गरिराखेकै छन् ।

पश्चिमा चासो पनि बढ्दो छ । एसियाका उदयमान राष्ट्रले चासो बढाउन त क्षेत्रीय नियम नै भयो ।

राजनीतिक घटनाको सिलसिलेवार
नेपालका प्रधानमन्त्रीले पुस ५ गते संसद् विघटन गरेको विषयलाई लिएर भारतीय सत्तापक्षका नेताले विवादास्पद अभिब्याक्ति दिएका थिए । “चीनप्रति असन्तुष्ट भएको नेपालका प्रधानमन्त्रीले भारतीय सहयोगमा संसद् विघटन गरेका हुन” भनि झुट्टा कुरा सञ्चार माध्यम मार्फत प्रचार गरेर केपी ओलीलाई नङ्ग्याउन चाहन्थ्यो भारतीय पक्ष ।

त्यही समयमा नेपालमा ओली पक्ष र माधव पक्ष सडकमा आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका थिए । त्यो गर्नुको कारण निर्वाचन आयोग र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा आफ्नो पक्षमा होस् भन्ने उनीहरूको रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । तर उनीहरूले सोचेको जस्तो परिणाम भनेआएन कुनै पनि दबाब प्रभावमा न्यालय देखिएन । त्यसैको परिणामस्वरूप सर्वोच्च अदालतले
२०७७ फागुन १२ गते सर्वोच्चको निर्णयले संसद् पुन स्थापना गरेपछि भारतकै विभिन्न नेताहरूले फेरी त्यसको पनि स्वागत गरेर भारतमा दीप प्रज्वलन गरेका थिए ।

“संसद् विघटन गर्दा पनि ठिक पुन स्थापना गर्दा पनि ठिक त्यो भनेको नेपालमा जति अस्थिरता निम्त्याउन सक्यो भारतले नेपालमा उसको अनुकूल काम गर्न सकिन्छ र सिक्किमलाई विलय गराउने, भुटानको जस्तो रक्षा नीति भारत वाट केन्द्रित हुने, पाकिस्तान टुक्राएर बगल देश बनाए जस्तै गर्ने त्यो नसके फिजीकरणको मोडलमा लैजाने भारतीय नीतिले काम गरिरहेको नेपालका मास्कवादी, प्रजातन्त्रवादी, तर राष्ट्रियताको सवालमा सधैँ अडिग भई रहने नेताहरूले भारतीय विस्तारवादी नीति भनेका छन् ।”

त्यस्तै बिचार राख्ने मध्येका नेकपा (माले) पार्टीका महासचिव पनि एक हुन् उनले “केपी शर्मा ओलीका हजारौँ बैगुन भए पनि नेपालको ब्यास क्षेत्र कालापानी, लिपुलेक, लिम्पियाधुरा, २८ वर्ग किलोमिटर भारतीय पक्षले जर्वजस्त भारतीय नक्सामा पारेर प्रकाशन गर्दा नेपालका प्रधानमन्त्रीले त्यसको विरोध गरेर नेपालको नक्सामा ती भूभाग समेटेर प्रकाशन गर्न गरेको आट महत्त्वपूर्ण भएको र मानिसका हजारौँ बैगुन भोलि सुधार्न सकिन्छ । तर राष्ट्रको विपक्षमा एक पटक चुक्यौ भने राष्ट्र फर्किँदैन ।

यति वेला अन्तर्राष्ट्रिय रूपमा भारतलाई सानो राष्ट्रमाथि थिचोमिचो गरेको सन्देश अन्तर्राष्ट्रिय रूपमा गएको हुनाले केपीलाई जसरी पनि भारतीय पक्षले सत्ता वाट हटाउन चाहेको र उसको विकल्पमा अर्को सरकार बनाउन प¥यास गरेको हो ” त्यसैले यो माथि (माले ) का महासचिव सिपी मैनालीले भनेका कुरा सत्य विषय हो भने नेपालका नेपाली वामपन्थी कम्युनिस्ट हु भन्ने सबैले यस्ता विवाद, झैँ झगडा, आन्दोलन नेपालको हितमा नउदा रहेछन् ।

त्यसकारण देशको पक्षमा भएको आन्दोलनहरूलाई मात्र असल समाज निर्माण गर्न चाहने सचेत नागरिकहरूले देशको पक्षमा विवाद भएको हो कि होइन छुटाएर मात्र आन्दोलन गर्नु बुद्धिमानी हुन्छ होला ।

स्मरण रहोस् विगतमा भएका आन्दोलनहरूले नेपाललाई कुन ठाउँमा पु¥यायो । के कुरामा राम्रो ग¥यो के नराम्रा भए भनेर छुटाउनु पर्छ । नेपालले आन्दोलनको नाममा नेता विकास गरेको छ । राष्ट्रियता कमजोर बनाएको देखिन्छ । कोसी सम्झौता, गण्डकी सम्झौता, महाकाली सम्झौता, हुँदा हुँदा राना शासनकालमा स्थापना भएको नेपालकै पहिलो विराटनगर जुट मिल कारखाना समेत बेचेर राष्ट्रिय उद्योगहरू सकेका छन् । यस्तो चलनलाई परिवर्तन मान्ने आधार नभएको कतिपय मानिसहरूको भनाई सुनिन्छ ।

नेपालीहरू दिनहुँ अर्काको देशमा गएर काम गर्न बाध्य छन् । यहाँ विकास भएन । नेता, पार्टी , राजाले यो गरेन त्यो गरेन भन्नेहरूले यो पनि बुझ्नुपर्छ आम नागरिकमा त्यो चेतना आउनु पर्छ । हामीले त्यो सृर्जनात्क काम गर्न छोडेर सधैँ राजनीतिक पार्टीका झोला बोकेर अराजक काम मात्र गरिराख्यौ नेपाल बन्द, उद्योगमा मजदुरको सेवा सुविधाको नाममा बन्द हडताल यस्ता क्रियाकलापले नेपालको विकास हुन सक्दैन ।आफ्नो देश बनाउन मेरो हरेक मेहनतले मात्र सम्भव छ । भन्ने चेत सबैलाई आउनुपर्छ ।

सबै मिलेर नेकपामा आएको विवादको पछि लागेर सबै विवाद गरेर नबसी विकास हामीले थाल्यौ भने सम्भव छ । त्यो काम गरेपछि मात्र हुन्छ । काम हामी गर्न थालौँ भन्ने भावनाको उजागर गर्नुपर्ने देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend