logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा


  • जन आकाश
  • मंगलबार, चैत्र ३ २०७७

 



चितवन । चितवनको भरतपुरमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैँक) ले शाखा विस्तार गरेको छ ।

एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार औपचारिक कार्यक्रम गरी एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थितमा कर्यक्रम भएको थियो ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्नुहुँदै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिएका थिए ।

एनले एनसीसी बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख उल्लेख गरेका थिए । बैँकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने मन्तव्य राखेका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनिहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राखेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend