logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राष्ट्र बैंकबाट आइक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति


  • जन आकाश
  • बुधबार, चैत्र ४ २०७७

 



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यम बाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमति पत्र प्रदान गरेको छ ।

राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्यौट विनियमावली २०७२’बमोजिम‘आइक्याश प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केहि दिनमै आफ्नो सेवा सेवाग्राहीहरुमाझ ल्याउने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टले जानकारी दिएका हुन् ।

२५ बर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापनाभएको यो कम्पनीले नेपालमा नगद रहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्षसमेत लिएको छ । डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाईंमा पुर्याउने गरी काम भइरहेको भट्टराईको दाबी छ ।

आइ क्याश प्रालिले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेट फर्म मार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ(कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिने आईक्याशले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend