logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

ओखलढुंगाको चिसङ्खुगढीमा आगलागी बनमा अगो फैलदै निबाउने प्र¥यास जारी


  • जन आकाश
  • बुधबार, चैत्र ४ २०७७

ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका(४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि आगलागी भएको छ । आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।



बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेको उनले बताइन् ।

‘मंगलबार रातिबाट आगलागी सुरु भएको थियो । निभाउने प्रयास जारी छ ,’ उनले भनिन्, ‘विकट ठाउँ भएकाले दमकल जान सक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend