logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

एफक्यान र एफएनसीसीआइको संयुक्त टोलीद्वारा मन्त्री नेम्बाङसँग भेट


  • जन आकाश
  • बुधबार, चैत्र ४ २०७७

 



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसँग भेटघाट गरेका छन् ।

भेटको क्रममा व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको भेटका गएका प्रतिनिधि मण्डलको नेतृत्व गरेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिएका हुन् । उनले ब्यवसायीले भोग्नु परेका धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिसन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्ड, कानून संशोधन लगायतका विषयमा मन्त्री नेम्बाङको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपाय समेत पेश गरेको बताए ।

रवि सिंहको भनाई अनुसार जवाफमा मन्त्री नेम्वाङले व्यवसायीहरूका समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायहरू सँग छलफल गरिने बतएका थिए । म्याद थप बारे समस्या समाधानका लागि केही कानूनी जटिलता भएको हुँदा कानुन नै संसोधन गर्ने मन्त्री नेम्बाङले जानकारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend