logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

सिंगटी हाइड्रोको आईपिओ सर्वधारणको लागि शुत्रवारवाट खुल्यो


  • जन आकाश
  • शुक्रबार, चैत्र ६ २०७७

काठमडौ । दोलखामा निर्माणधिन सिंगटी इनर्जी लिमिटेडले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि आईपिओ निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।



आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend