जन आकाश
रामेछाप । रामेछापको मन्थली नगरपालिका गेलु १२ को बनमा आइतबार देखि लागेको डढेलो आजसम्म नियन्त्रणमा आएको छैन।

स्थानीय मानिसहरुले डढेलो निभाउने प्रर्यास गरेको भएपनी सल्लोको बन भएको कारण छिटोछिटो आगो फैलने र पानी नजिकै नहुदा डढेलो फैलदै गएको गेलु माविका सिक्षक रामहरि बुढाथोकीले बताए रामेछापको सदरमुकामवाट १४ किलोमिटर मात्र टाढा र मन्थली नगरपालिकाको क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न मन्थली नगरपालिकालाई दमकल पठाइदिन पटकपटक आग्रह गर्दा पनि मन्थली नगरपालिकाले दमकल नपठाएको स्थानीयले गुनासो गरेका छन् ।
कठमाडौवाट नै दम्कल गयको भएपनी ५ घण्टामा दमकल पुने ठाउमा मन्थलीको दमकल अहिलेसम्म पुगेको छैन। मन्थली नगरपालिकाले आगो नियन्त्रणको लागि २ करोड भन्दा बढी रकम तिरेर २ बर्ष अगाडि खरिद गरेको दमकल मन्थलीमा थन्किराखेको छ ।
स्थानीयहरु ” भन्छन त्यो आगो लाग्दा प्रयोगमा न आउने दमकल के काम ।” हामिले मन्थली नगरपालिकाका मेयरलाई सम्पर्क गर्दा उनको मोबाईल न. स्विच अफ गरिएको छ। भन्ने आवाज मात्र आयो।
सुख्खा मौसममा आगो लागेर डढेलो लाग्ने समयमा सचेतना पनि फैलाउनु पर्छ । सम्बन्धित निकाएहरुले त्यो काम गर्न सकेभने पनि यस्ता डढेलोहरु कम गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend