logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवाको अनलाईन कारोबारमा सेवा बिस्तार


  • जन आकाश
  • सोमबार, चैत्र ९ २०७७

 



काठमाडौ । कामना सेवा विकास बैंक लेके. एस ईन्स्टानामकएक नविनतम अनलाईन बचत खाता सञ्चालन माल्याएको छ । ग्राहक महानुभावहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा रु १००,००० सम्मको कारोबार गर्न सक्नेछन् ।
उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ ।

बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमक बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको आराम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि उपस्थिती रहेको थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बंैकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको बैकले जनाएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend