जन आकाश
काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ इक्यानबीच सम्झौता भएको छ। इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुईपक्ष बीच सम्झौता भएको बैकले जनाएको छ ।
नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन भएको र यो सम्झौता पछि दुवै पक्षलाई सजिलो हुने बक्ताहरुले बताएका थिए भनि बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यक्रम आईतवार भएको र सहज कर्जा उपलब्द गराउन बैक तयार भएको कार्यक्रममा ज्योति बैकका सिइओ श्रीचन्द्र भट्टले बताएका थिए भनि बैकले जानकारी गराएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend