जन आकाश
काठमाडौं । प्रभु बैंक लि. ले २०७७÷१२÷०९ गते सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक,श्री महेन्द« माध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुलाई बबरमहलस्थित बैंकको मुख्य कार्यालयमा बोलाइ बैंकिङ्ग साक्षरता÷ज्ञान तालिम दिएको बैकले जनाएको छ ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको मुख्य कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराईएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।
प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको बैकाले जानकारी गराउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend