logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

कार्टेलिङ गर्ने ब्यापारीहरु फेरी सलबलाए


  • जन आकाश
  • बिहिबार, चैत्र १२ २०७७

काठमाडौं । कोभिड पछिको नेपाली बजार सहज हुदै गएको थियो । भारतमा लकडाउन लगाउने हल्लाले नेपालका बिगतमा कार्टेलिङ गर्न बानी परेका काला ब्यापारीहरुले अहिले नेपालमा सामानरु लुकाएर अभाव देखाउदै मनलग्दी मुल्य बढाउन थालेका छन् ।



तिनै माफियाहरु लकडाउनको हल्ला फिजाउन नियोजित तरिकाले लागेका हुनसक्छन् भन्ने बुझाईहरु पनि आइरहेका छन् । स्वास्थ्य मन्त्रालयले निकालेको बिज्ञप्तिमा धेरै भेला हुन नपाउने जस्ता प्रवधान आउनु पनि यिनै काला ब्यापार गरेर रातरात धनि हुने माफियाहरुले चलखेल गरी स्वास्थ्य मन्त्रालयलाई प्रभाव नपारेको होला भन्न सकिदैन ।

त्यो भन्ने आधार यता लकडाउनको हल्ला फिजाउने उत्ता मानिसहरु भेला हुन नपाउने जस्ता प्रवधान राखेर बिदेशमा बन्ने सामानहरु आएकै छैन भन्दै बिचमा सहज हुदा ल्याएका सामानहरु लुकाएर कृतिम अभाव सृर्जना गरी भाउ बढाएर सामान बेचिरहेका छन् । बिशेष गरेर नयाँ बर्षमा प्रयोग हुने क्यालेण्डर छाप्न प्रयोग हुने कागज आयत गर्ने कम्पनीहरुले कागज छैन भन्दै कृतिम अभाव सृर्जना गरेर मनलाग्दी भाउ बढाएका छन् । जसले सर्वत्र समाजलाई असर परिरहेको छ ।

नेपालीहरुको नयाँ बर्ष बैशाख वाट शुरु हुन्छ । यो नयाँ बर्षमा धेरै कार्यक्रम हुनुको साथै संघ÷संस्थाहरुको क्यालेण्डर पोष्टर नयाँ बर्षको अवसर पारेर मनाउने चाडवाडहरुको निमन्त्रण कार्ड, लेख रचनाको किताव, पत्र–पत्रिका छाप्ने कागज लगायतको मुल्यबृदि भएको छ । यो अस्वभाविक रुपमा बढेको छ । यसको सम्बन्धित निकायले ति कागज आयत गर्ने कम्पनीहरुको गोदाम र मातहतका क्षेत्रमा छापा मारेर कारवाही गर्न ढिलो गर्नुहुदैन ।

यति ढिलो गरेर सम्बन्धित निकाय मुकदर्शक भएमा जनताले बिगतमा सरकार नै यस्तो कार्टेलिङ गर्ने कार्यमा संलग्न छ भनेर लगाएको आरोप सावित हुनजान्छ । त्यसकारण जनताको पक्षमा यो सरकार छ भन्ने अनुभुति हुनेगरी तत्कालै कागजको मुल्यबृद्धिको चुरो पत्ता लगाएर सावधान खोजियोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend