जन आकाश
काठमाडौ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि आज तोकिएको समयमा पार्टी पार्टीका धेरै उम्मेदवारहरु भएको र भगबण्डा नमिलेको कारण उम्मेदवार छनोट हुन नसकेको महासघमा स्वतन्त्र उम्मेदवारी दिन पुगेका पत्रकारहरुले बताएका छन् ।
पत्रकारहरुको छाता संगठन भएपनी दलगत भागबन्डा मिलाएर नेतृत्व लिने/ दिने हुँदै आएको महासघमा अहिले खुल्ला प्रतिस्पर्धा हुनुपर्छ भन्ने युवाहरूको आवाज उठेको छ।
तर ती युवाहरूको आट कतिबेला सम्म टिक्न सक्छ भन्ने विशषले अर्थ राख्छ । पत्रकार महासघको चुनावमा अर्वपती ढनाडय देखि विभिन्न ब्यापारी समुहहरुको समेत जोड घटाउको विशष बिगतमा पनि भएकै देखिन्थ्यो। यो पटक पनि नहोला भन्न सकिँदैन।
महासघमा नेतृत्वमा पुगेका केही पत्रकारहरुले समग्र पत्रकारहरुको हितमा काम गरेको भएपनी धेरै जतिले त्यो पत्रकारहरुको हित गर्नुपर्छ भन्ने ठाउँमा पुगेर ठुला व्यापारी केन्द्रहरूलाई रिझाउन र आफ्ना नातेदारका नाममा बिज्ञापन एजेन्सी खोलेर पत्रकारहरुको ब्यवसायिकता माथी नै प्रश्न खडा गराउने काम पनि गरेका छन् ।
यो निर्वाचनमा त्यस्ता पत्रकार बिरोधी मनोवृत्ति बोकेका उम्मेद्बारी दिएकालाइ परास्त गर्ने यो एउटा महत्वपुर्ण मौका हो । त्यो अधिकार भोटिङवाट हुन्छ त्यो अधिकार पार्टीका भागबन्डाको जालो बुनेर नरोक्न स्वतन्त्र पत्रकारहरुले खवदारी गरिरहेका छन् ।तर यसरी आवाज उठाउने स्वतन्त्र पत्रकारहरु अल्पसंख्यक रहेका छन् ।
भोलि बिहानको मिर्मिरे संगै स्वतन्त्र पत्रकारहरुको जायज आवाज भएपनी पार्टी कार्यालयको निर्देशन निर्णयक हुने पुरानै चलनको आकलन गर्न थालिएको छ। आकलन र नंया उठेको आवाज कुनले लय लिन्छ त्यो त भोलि नै थाहा होला । तर सन्सार देख्ने पत्रकारहरुले पत्रकारिता भित्रको मुखुण्डो देखेका छन् उतार्ने आट गरेका छैनन् त्यो आट यो चुनावमा गर्छन् कि गर्दैनन् हेर्न बाकी नै छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend